नेपालले अमेरिकाविरुद्ध टस जितेर बलिङ गर्दै
काठमाडाैं | असार ५, २०८०
तस्बिर फाइल
काठमाडौं: नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध टस जितेको छ । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।
अमेरिका कप्तान मोनांक पटेलले नेपालविरुद्धको खेल गुमाउने भएका छन् । त्यसैको कारण टसमा अमेरिकामा उपकप्तान आरोन जोन्स आएका थिए । आज कप्तानी जोन्सले नै गर्नेछन् ।
नेपालका तीव्र गतिका बलर सोमपाल कामी नखेल्ने रोहितले पक्का गरेका छन् । नेपाल अमेरिकालाई हराउँदै सुपर सिक्समा पुग्ने बलियो सम्भावना बनाउन चाहन्छ । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
नेपाल पहिलो खेलमा जिम्बावेसाँग ८ र अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिका दुबैले टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेको हुँदा उच्च मनोबलका साथ मैदान उत्रर्नछन् ।
आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएको बुझिएको छ । त्यसैले उनको स्थानमा नेपालले ललितलाई खेलाएको छ ।
३४ औं ओभरको तेस्रो बलमा जिम्बावेका ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो । त्यसैले नेपालले आजको खेलमा सोमपालको स्थानमा ललितलाई खेलाएको छ ।
नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

